http://www.punwarbansha.org.np/index.php
हाम्रो बारेमा
सृष्टिको उत्पत्ति र विकास क्रमसँगै अनेकौ राम्रा र नराम्रा घटना तथा परिघटना घटिरहे, जसले गर्दा थुप्रै प्राणीहरुको विकास पनि ती कालखण्डहरुमा हुन गए । समयको वहावसँगै मानवको उत्पत्ति र विकासक्रम पनि गतिशिल रहिरह्यो । समाज विकासक्रमको थुप्रै घुम्ती र मोडहरु आए र आफुलाई शक्ति सम्पन्न बनाउन थुप्रै त्याग, योग र शक्तिको साधन गरिरहे । यसर्थ शक्ति प्राप्त गर्ने होडबाजीमा थुप्रै परिघटनाहरु चले र त्यही श्रृङखलामा तत्कालमा जीवीत अवस्थामा रहेका राज्यहरुको सुव्यवस्था कायम गर्नको लागि शक्ति साधनाबाट उत्पत्ति गराईएको वा अग्नीकुण्डका अगाडि राज्यमा सुव्यवस्था कायम गर्ने जिम्मेवारी प्रदान गरिएको चार क्षेत्री जाति परमार , प्रतिहार चौहान र शालुक्य मध्येको एक परमार वंशी क्षेत्रीहरु समयको अन्तरालसँगै विभिन्न ठाँउमा वसोवास गर्दा र भाषा विकासमा परिवर्तन आउदा, प्रकृष्टमार ,पँवार हुदै हाल नेपाल भर रहेका पुँवारवंशहरुको सामाजिक धार्मिक र आर्थिक रुपमा एक रुपता ल्याई भातृत्वप्रेमको विकास गरि सामाजिक समावेशीकरणमा सहयोग पुराई राष्ट्रिय विकासमा समेत टेवा पुराउने उदेश्यका साथ यस पुँवारवंश अध्ययन तथा अनुसन्धान केन्द्र नेपालको स्थापना गरिएको हो । विगत लामो समयदेखि नै नेपालभर छरिएर रहेको पुँवारबंशको छाता संगठनको महसुस २०४२ सालदेखि नै गरी त्यसलाई अगाडि बढाउने श अ का पूर्व डि आइ जी तथा पुवार खड्का गुठीका पूर्व अध्यक्ष श्री चन्द्र बहादुर खड्का यस संस्थाको स्थापनाके मूल स्रोत हो जसले दोलखा जिल्ला चिलंखा आसपासमा रहेका पुँवार खड्काहरुको नालीबेली समेटीएको चिलंखे खड्का एक परिचय पुस्तक प्रकाशन गरी त्यसमा पुँवारवंशका शाखाहरु र वंश उत्पत्तिको बारेमा चर्चा र विश्लेषण गर्न भएको छ । यीनै विषयवस्तुहरुको निचोड र हालको पुस्ताको लगनसीलतामा अगाडि बढेको पुँवारवंशको संगठित रुप यस प्रकार रहेको नालीबेली समेटीएको चिलंखे खड्का एक परिचय पुस्तक प्रकाशन गरी त्यसमा पुँवारवंशका शाखाहरु र वंश उत्पत्तिको बारेमा चर्चा र विश्लेषण गर्न भएको छ । यीनै विषयवस्तुहरुको निचोड र हालको पुस्ताको लगनसीलतामा अगाडि बढेको पुँवारवंशको संगठित रुपनै पुवाँर वंश अध्ययन तथा अनुसन्धान केन्द्र हो ।
तदर्थ समिति गठन
विहिवार २३, फाल्गुन २०६५ यो दिन सम्पुर्ण पुँवारवंशका व्यक्तिहरुको विशेष दिन बन्न गयो । वितेको लामो समयसम्मको पुँवारवंशको छाता संगठन बनाउने उदेश्य प्राप्त हुन गयो विशेषत केन्द्रिय समिति निमार्ण भैसकेका पुँवार खड्का गुठी, पुँवारथापा क्षेत्री कल्याण समिति र पुँवार बिष्ट क्षेत्री कल्याण समिति केन्द्रिय समिति बन्न बाँकी, पुँवार बुढाथोकी ,पुँवार दानी समेतलाई उपस्थिति हुन अनुरोध गरिएको बैठकमा पुँवार थापा क्षेत्री कल्याण समितिको केन्द्रिय कार्यालय बसुन्धरामा केन्द्रिय अध्यक्ष राम बाहादुर थापाको अध्यक्षतामा बैठक बसी व्यापक छलफल गरि सम्पूर्ण पुँवार वंशको बुहत्तर पक्षको विकास गर्न ११ सदस्यीय तदर्थ समिति गठन गरियो । जसमा संयोजक फणेन्द्र बा. थापा (पुवारथापा क्षेत्री कल्याण समिति वरिष्ट उपाध्यक्ष) सदस्यहरु राम बा. थापा (पुवारथापा क्षेत्री कल्याण समिति महासचिव), दिल बा. थापा (पुवारथापा क्षेत्री कल्याण समिति), राम बा. थापा (पुवारथापा क्षेत्री कल्याण समिति), सीताराम बिष्ट (पुँवार विष्ट क्षेत्री कल्याण समिति अध्यक्ष), उद्धव बिष्ट (पुँवार विष्ट क्षेत्री कल्याण समिति महासचिव), श्याम बा. बिष्ट (पुँवार विष्ट क्षेत्री कल्याण समिति कोषाध्यक्ष), हेमगजाधर खड्का (पुँवारखड्का गुठी अध्यक्ष), सहदेव खड्का (पुँवारखड्का गुठी महासचिव), राधाकृष्ण दानी (पुँवार दानी समाज), अर्जुन दानी (पुँवार दानी समाज) रहनु भएको छ । यसरी बनेको तदर्थ समितिको सोही बैठकले २०६५ को भित्तेपात्रो संयुक्त रुपमा निकाल्ने सर्वसम्मत निर्णय ग¥यो ।
बृहत भेला संपन्न
विहिवार १९ बैशाख २०६५ का दिन बसेको पहिलो बैठकले संयुक्त रुपमा निकाल्ने भनिएको भित्ते पात्रोको प्रकाशन लगतै यस संस्थको दोस्रो पूर्ण वैठक संस्थाको संयोजक फणेन्द्र बा थापाको अध्यक्षतामा बसी भित्तेपात्रोको समिक्षा गर्दा यस्तो संयुक्त प्रकाशनले पुवारवंशको अध्ययन र खोजमा वृद्धि ल्याएको महसुस ग¥यो र पुँवारखड्का गुठीको अधिवेशन पश्चात नेतृत्व परिर्वतन भएकोले नयाँ कार्यसमितिको अध्यक्ष, ललित खड्का उपाध्यक्ष द्धय नविन खड्का र सहदेब खड्का र महासचिव दिपक खड्का गुठीबाट मनोनयन गरी ३२ जेठ २०६५ सनिवारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष १ मा बृहत भेला गर्ने सर्वसम्मत निर्णय ग¥यो ।
सनिबार ३२ ,जेष्ठ २०६५ का दिन पुँवारवंशका हाल नेपालमा रहेका शाखाहरु, पुँवारबिष्ट, पुँवार थापा, पुँवारबुढाथोकी , पुँवारखड्का , पुँवारदानी गरी पाँचवटै शाखाको उपस्थिती रहेको पहिलो वृहत भेलाको उद्घाटन कार्यक्रममा उपस्थित मध्येको सबै भन्दा जेष्ठ सदस्य पुँवारबिष्ट कल्याण समितिका सल्लाहकार , नुवाकोट जिल्ला थानसिं निवासी ९४ वर्षिय श्री कृष्ण बा बिष्टले ५ वटा मैन बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष १ मा सम्पन्न सो प्रथम वृहत्तर भेलाको सभापतित्व तदर्थ समितिको संयोजक फणेन्द्र बा थापाले गर्नु भएको थियो भने स्वागत भाषण र धन्यावाद ज्ञापन पुँवारबिष्ट क्षेत्री कल्याण समितिका महासचिव उद्धव बिष्ट र पुँवारखड्का गुठीका महासचिव दिपक खड्को गर्नुभएको थियो । पाँच वटा साखाको प्रतिनिधिले मन्तव्य ब्वक्त गनुभएको सो कार्यक्रममा पुँवारबिष्ट क्षेत्री कल्याण समितिबाट अध्यक्ष सीताराम विष्ट पुँवारथापा क्षेत्री कल्याण समितिबाट अध्यक्ष राम वा थापा पुँवारखड्का गुठीबाट अध्यक्ष ललित बा खड्का , पुँवारबुढाथोकीबाट मीन बा बुढाथोकी र पुँवारदानीबाट रामेश्वर दानीले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा पुँवारखड्का गुठीका पूर्व अध्यक्ष चन्द्र बा खड्काले सारगर्भिक मन्तव्य राख्नुभएकोे थियो भने कार्यक्रम पुँवारथापा क्षेत्री कल्याण समितिको महासचिव राम बा थापाले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न समिति, गुठीका ६४ जना प्रमुख प्रमुख सदस्यहरुको बृहत सहभागीता थियो । यसरी संस्थागत रुपमा भएको औपचारीक भेलाले बृहत्तर छलफल गरी प्रत्येक शाखाहरुबाट ३÷३ जनाको प्रतिनिधित्व रहने गरी १५ सदस्यीय केन्द्रिय समिति गठन गर्ने सर्वसम्मत निर्णय गरी केन्द्रिय समिति समेत गठन ग¥यो । सोही भेलामै केन्द्रिय समितिकै हैसियत राख्ने निम्न सदस्यीय अधिकार सम्पन्न संरक्षक परीषद तथा सल्लाहकार समिति सर्वसम्मत गठन गरियो । जसमा कृष्ण बा बिष्ट , थानसिं नुवाकोट चन्द्र वा खड्का चिलंखा, दोलखा हाल गौरीघाट काठमाडौ, ललित बा खड्का वत्तिसपुतली काठमाडौं राम बा थापा धारापाटी काठमाडौ, फणेन्द्र बा थापा लम्जुङ्ग हाल बुढानिलकण्ठ, श्याम बा थाापा लिखु, नुवाकोट, गौजिनी, नवराज बिष्ट उग्रतारा जनगाल काभ्रे हाल बानेश्वर काठमाडौ रहनु भएको छ ।
केन्द्रिय कार्य समितिको प्रथम पूर्ण बैठक केन्द्रिय अध्यक्ष श्री राम बा थापाको अध्यक्षतमा २७ असार २०६५ का दिन केन्द्रिय कार्यलय बसुन्धरामा बस्यो र सस्थालाई दर्ता गर्ने र दिगो बनाउने विभिन्न प्रस्तावहरु माथि व्यापक छलफल भै दर्ता गर्नको लागि तीन सदस्यीय विधान मस्यौदा समिति गठन ग¥यो जसमा राम बा थापा, सीताराम बिष्ट र गोकुल खड्का रहने सर्वसम्मत निर्णय ग¥यो र प्रथम भेलाको समिक्षा समेत ग¥यो र कार्यलयमा आर्थिक सहयोग गर्ने पुँवारबिष्ट क्षेत्री कल्याण समितिका सल्लाहाकार नवराज बिष्ट र केन्द्रिय सदस्य जितेन्द्र बिष्टलाई सहयोगको लागि धन्यावाद ज्ञापन ग¥यो । र सो बैठकले पुँवारवंशको पाँचवटै शाखाको गतिविधि समेटने वार्षिक मूखपत्र २०६५ को दशै तिहारको उपलक्ष्यमा निकाल्ने सर्वसम्मत निर्णय ग¥यो।
पहिलो पूर्ण बैठकको निर्णयको कार्यन्वयनको प्रकृया सँगै दोस्रो पूर्ण बैठक १० श्रावण २०६५ का दिन केन्द्रिय अध्यक्ष राम बा थापाको अध्यक्षतामा केन्द्रिय कार्यालय बसुन्धरामा बसी मस्यौदा समितिद्धारा प्रस्तुत विधानको छलफल गरी प्रत्येक शाखालाई सहित थपघट गरी पठाउन एकएक प्रति विधान पाचवटै शाखाहरु पठाउने सर्वसम्मत निर्णय गरियो ।
यसरी पठाएको विधानको शाखाबाट अनुमोदित र थपघट गरिएको एक प्रति विधान केन्द्रिय समितिमा प्राप्त भयो र २९ श्रावण २०६५ मा यस समितिको तेस्रो पूर्ण बैठक समितिका अध्यक्ष राम बा थापाको अध्यक्षतामा बसी पाँच शाखाबाट थप भै आएका सम्पूर्ण थप बुधाहरु माथि व्यापक छलफल पश्चात विधान सर्वसम्मत पास गरी सस्था दर्ता गरी ल्याउनको लागि अध्यक्ष राम बा थापा र महासचिव सीताराम बिष्टलाई अख्तियारी प्रदान ग¥यो ।
यसरी अगाडि बढेको यस पुँवारवंश अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल, सस्था दर्ता ऐन २०६४ अनुसार जिल्ला प्रशासन कार्यालाय काठमाडौमा २०६५ साल भाद्र १६ गते दर्ता भै कानुनी मान्यता वा वैधता प्राप्त ग¥यो र एक मुनाफा रहित सामाजिक सस्थाको हैसियतमा सम्पूर्ण पुँवारवंशको बृहत्तर हितको लागि कार्य आरम्भ गरेको छ ।
Comments
Post a Comment